मिर्सा गाउँ प्रवद्र्धनमा टेवान
पाेखरा | फागुन १, २०७९
पोखरा: पोखराबाट नजिकको गन्तव्य भएर पनि ओझेलमा परेको पर्यटकीय गाउँ मिर्साको प्रवद्र्धनमा पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) जुटेको छ । टेवानले माछापुच्छे« गाउँपालिका–१ मिर्सामा माघ २७ र २८ मा होमस्टे प्रवद्र्धन कार्यक्रम गरेको हो ।
दुई दशकअघि सुरु भएको मिर्सा सामुदायिक होमस्टेले ०७५ मा आधिकारिकता पायो । मिर्सामा हाल १३ घरमा होमस्टे छन् । होमस्टेले ५० जनासम्म पाहुना थेग्छ । पोखराबाट मोटरमा एक घण्टामै पुगिने मिर्सा गाउँमा झुरुप्प परेको गुरुङ बस्ती छ । स्थानीय परिकारको स्वाद र सँस्कृतिको अवलोकनका लागि मिर्सा पुग्नुपर्छ ।
मिर्सा सामुदायिक होमस्टेकी अध्यक्ष मिरु गुरुङले गाउँमा आउने पर्यटकलाई सिजनअनुसारका अग्र्यानिक खाना खुवाइने बताइन् । उनका अनुसार गाउँमै उत्पादिन गुन्द्रुक, भट्ट, साग, आलु, मुलाको अचार, गोलभेंगाको चट्नी, सेलरोटी, कुरिलो, निगुरो, टुँसा, लोकल कुखुरा, कोदोको रक्सीले पाहुनाको स्वागत गरिन्छ । ‘बसाइसराइले गाउँ रित्तिने देखेपछि होमस्टे सुरु ग¥यौं,’ उनले भनिन्, ‘पूर्वाधार पनि बन्यो तर प्रवद्र्धनको अभावले सोचेजस्तो सफल हुन सकेनौं । बिस्तारै पाहुना बढ्ने आशा लिएका छौं ।’
कार्यक्रममा माछापुच्छे«–१ का वडाध्यक्ष इन्द्र गुरुङले मिर्साको प्रवद्र्धन गर्न सके ग्रामीण अर्थतन्त्रमा टेवा पुग्ने बताए । मिर्साको कला, सँस्कृति, हावापानी, अग्र्यानिक खानेकुराले पाहुनाको मन लोभ्याउने उनको भनाइ थियो । पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य एवं टेवानका सल्लाहकार टीकाराम सापकोटाले सहरमा कोलाहल र प्रदूषण बढिरहेको अवस्थामा मिर्साजस्ता गाउँले पर्यटनबाट फाइदा लिनुपर्ने बताए । ‘स्थानीय उत्पादनमा जोड दिएमात्रै होमस्टे दिगो हुन्छ,’ उनले भने, ‘सँगसँगै कनेक्टिभि
टीको पनि खाँचो छ । गाउँमा आइसकेका पाहुनालाई भुलाउन नजिकका अरु गन्तव्यको पनि खोजी गरिनुपर्छ ।’
पोखरा पर्यटन परिषद्का द्वितीय उपाध्यक्ष तारानाथ पहारीले मिर्सा गाउँ एकान्त ठाउँमा भएकोले शान्त वातावरण खोज्नेका लागि उपयुक्त गन्तव्य भएको बताए । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीका पूर्वअध्यक्ष समेत रहेका उनले भिजिट गण्डकीको एप्समा मिर्सा गाउँलाई पनि समेट्नुपर्ने सुझाव दिए । स्थानीय अगुवा सूर्य गुरुङले गाउँवासीले दुःख गरेर होमस्टे स्थापना गरेकोले पाहुना पठाउन पर्यटन व्यवसायीलाई आग्रह गरे ।
टेवान अध्यक्ष कमला गिरीले पोखराबाट नजिकै रहेर पनि प्रवद्र्धनको कमिले मिर्सा गाउँ ओझेलमा परेको बताइन् । ‘ग्रामीण परिवेशमा रमाउन पोखराबाट यति नजिकै मिर्सा गाउँ छ,’ उनले भनिन्, ‘अब यो कार्यक्रमले प्रवद्र्धनमा थप टेवा पु¥याउनेमा हामी विश्वस्त छौं ।’ कार्यक्रम संयोजक कमला गुरुङले मिर्साको प्रवद्र्धनमा सर्वपक्षीय प्रयास आवश्यक रहेको बताइन् । महासचिव शोभा अधिकारीले मिर्सासम्म पुग्ने बाटोको स्तरोन्नतिमा ध्यान पु¥याउन वडाध्यक्षलाई आग्रह गरिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

